अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया तेक्वान्दो डोजाङ्गले दशैँको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी डोजाङ्गले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहको सभापतित्वमा आयोजित कार्यक्रममा अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष हरिदत्त भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा डोजाङ्गमा प्रशिक्षण लिईरहेका विद्यार्थीको सहभागिता रहेको थियो ।


विद्यार्थीहरुबिच दशैँ, तिहार र छठ पर्वको शुभकामना साटासाट गर्नका लागि कार्यक्रम आयोजना गरिएको डोजाङ्ग प्रमुख सिँहले बताए । कार्यक्रममा दुर्गालक्ष्मी नमुना माविको अध्यक्षमा भरखरै चयन भएका भट्टराईलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिईएको सिँहले बताए । कार्यक्रममा बेल्ट प्रमोट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।


















