खाेज्नुहाेस

पहिलो पटक दार्चुलाको ल्याह्युल हिमालको सफल आरोहण

Image

दार्चुला – अपी हिमाल क्षेत्रमा रहेको ६३९६ मिटर उचाइको ल्याह्युल पिक (भभया हिमाल) मा पहिलो पटक सफल आरोहण भएको छ । अपी हिमाल क्षेत्रमा व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलीले बिहीबार भभया हिमालको सफल आरोहण गरेको अपिहिमाल गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराका अनुसार ७ जनाको टोलीले हिमाल आरोहण गरेको हो । सुदूरपश्चिम प्रदेशको सबैभन्दा उचाइको अपी हिमाल (७१३१) को आरोहणलाई आकर्षण गर्न गाउँपालिकाको समन्वयमा माउन्टेन गाइड तालिम सञ्चालन भएको हो ।

attariya hospital
navjiwan hospital

अध्यक्ष ठेकरेका अनुसार तालिमका प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ र प्रशिक्षार्थीहरु सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन, डाली शेर्पाले भभया हिमाल आरोहण गरेका हुन् ।

अपिहिमाल–१ मा रहेको अपिहिमालको दायाँपट्टि भभया हिमाल रहेको छ । अपी हिमालमा पर्यटन र हिमाल आरोहणीलाई आकर्षण गर्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष ठकेरेले बताए । पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार निर्माणमा विभिन्न निकायको सहयोगमा काम भइरहेको उनको भनाइ छ ।

अघिल्लो संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको थियो ।