डडेल्धुरा – चार दशकदेखि सपना देखाइरहेको पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिँदै छ। ८०० मेगावाट क्षमताको परिश्चम सेती परियोजनाको प्रभावित क्षेत्रका स्थानीयहरुलाई इआइएका लागि सूचना दिन आग्रहसमेत गरिएका्े छ।

भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परशामर्शदाता रहेको जेड कन्सल्ट प्रालीले इआइएका लागी प्रभावित क्षेत्रका स्थानीयहरुलाई सूचना उपलब्ध गराउन आग्रह गरेको हो। इआइए अध्ययन गर्नेक्रममा सामाजिक प्रभावसम्बन्धी सर्वेक्षण कार्य (घर जग्गाको विवरण सङ्कलन कार्यसहित) गत भदौ २२ गतेदेखि प्रारम्भ गरिएको जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशीले जानकारी दिए।

यस परियोजना अन्तर्गत आयोजना क्षेत्रभित्र पर्ने प्रभावित हुनसक्ने घर तथा जग्गा धनीलाई घर, जग्गा धनी पूर्जासहित जानकारी गराउन सूचना आह्वान गरिएको उनले बताए। उनको अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा ४ र ५ प्रभवित क्षेत्र हो। यसैगरी बैतडीको सिगास गाउँपालिका वडा ५, ६ र ७, डोटीको आदर्श गाउँपालिका वडा ३, ५, ६, सायल गाउँपालिकाको वडा १ रहेका छन्। यस्तै बझाङको केदारस्यु गाउँपालिका वडा नं। १, २ र बित्थडचिर गाउँपालिकाको वडा ९ प्रभावित क्षेत्र हो ।
चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना सरकारले २०७८ चैतबाटै एनएचपीसीलाई दिन गृहकार्य गरिरहेको थियो। अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय भएको बोर्डले जनाएको थियो।


















