खाेज्नुहाेस

गेटा विश्वविद्यालयको उपकुलपतिमा पुनः जोशी नियुक्त

Image

धनगढी – कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुनः प्रा.डा. सुनीलकुमार जोशी नियुक्त भएका छन् । जोशी यसअघि २०८२ पुस २२ गते उपकुलपतिमा नियुक्त भएका थिए ।

navjiwan hospital

बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले जोशीलाई उपकुलपति नियुक्त गरेको हो । यस्तै रजिस्ट्रारमा डा. भीम चन्दलाई नियुक्त गरिएको छ ।

attariya hospital

यसअघि असार दोस्रो साता गठन गरिएको सिफारिस समितिले उपकुलपतिका लागि तीन र रजिस्ट्रारका लागि सात जनाको नाम सर्टलिस्ट गरेको थियो । तीमध्ये उपकुलपतिका लागि दुई र रजिस्ट्रारका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको थियो । त्यसै आधारमा सिनेटले जोशी र चन्दलाई नियुक्त गरेको हो ।