खाेज्नुहाेस

सेती नदी किनारमा एक महिला मृत फेला

Image
file photo

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–२, सुनार टोल ठगुली सुनार मृत अवस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आइतबार दिउँसोसेती नदीको किनारमा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

navjiwan hospital

दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै सेती नदी किनारमा शव देखेपछि सो वडाका अध्यक्ष नारायण सिंह साउदले प्रहरीलाई जानकारी गराएका थिए ।

attariya hospital

सूचना पाएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुग्दा नदी किनारमा पानीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार करिब ७० वर्षीया ठगुलीको भएको बुझिएको छ । घटनाको बिषयमा थप केही खुलेको छैन । प्रहरीले घटनावारे अनुसन्धान भईरहेको जनाएको छ ।