खाेज्नुहाेस

संविधान दिवसको अवसरमा काँग्रेस एमालेद्वारा अत्तरिया धनगढीमा शक्ति प्रदर्शन 

Image
अत्तरिया – संविधान दिवसको अवसरमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका छन् । शुक्रवार दुवै दलले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका हुन ।
attariya hospital
अत्तरियाबाट सुरु भएको मोटरसाइकल ¥याली धनगढीको सहिद गेटमा धनगढीको र्‍यालीमा मिसिएको थियो । उक्त र्‍यालीले धनगढीमा परिक्रमा गरेर धनगढी चौराहामा कोण सभा गरिएको थियो ।
कोण सभामा बोल्दै नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञ राज ढुङ्गाना जेन जी आन्दोलनले आफूहरूलाई शिक्षा दिएको बताए
उनले पछिल्लो चरणमा जेनजी पुस्ताले उठाएका भ्रष्टाचार विरोधी अभियान, सुशासनका कुराहरू, विधिको शासनका कुराहरूमा शिरोधार्य गर्दै हामी अघि बढ्ने बताए ।
navjiwan hospital
उनले केही समय पहिले देखि संविधान संशोधन, प्रदेश संरचना, प्रतिनिधि सभा सङ्ख्याको विषयमा पनि कुरा उठेको बताउँदै विधिवत् ढङ्गले संविधान संशोधन गर्ने कुरामा पनि आफूहरू अगाडि बढ्ने बताए ।
उनले सार्वजनिक पदमा बसेका सबैको २०४६ यताको छानबिन गरिनुपर्छ भन्ने कुरामा आफूहरू पनि स्पष्ट रहेको बताए । उनले युवाका सपना पनि मर्न नदिने बताए । उनले भने ‘युवाको माग स्वदेशमै रोजगारी होस देश समृद्ध होस भन्ने छ हामी यी युवाका सपना मर्न दिने छैनौ ।’
कोष सभामा बोल्दै काँग्रेस कैलालीका कार्यवाहक सभापति खेम राज थारु डगौराले मुलुक जर्जर अवस्थामा पुगेको अवस्थामा प्रजातान्त्रिक अभ्यासमा हुर्किएका  दल एक ठाउँमा उभिन आवश्यक भएको बताए ।
उनले भाद्र २३ र २४ गते जेनजीको आन्दोलनमा भएको घुसपैठका कारण मुलुक समस्यामा परेको बताए । उनले आतङ्क सिर्जन गर्ने प्रति काँग्रेस एमालेले घोर भत्र्सना गरेको बताए ।
भिडियो