खाेज्नुहाेस

एसिया कपको सुपर– ४ समिकरण पुरा

Image

अत्तरिया– युएईमा जारी एसिया कपको सुपर– ४ समिकरण पुरा भएको छ । बिहिबार राती भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै एसिया कपको सुपर– ४ को समिकरण पुरा भएको हो । यसअघि भारत र पाकिस्तान समुह (ए) बाट सुपर– ४ मा प्रवेश गरिसकेका थिए । बिहिबार भएको खेलमा अफगानिस्तान पराजित भएसँगै समुह (बि) बाट श्रीलंका र बंगलादेश सुपर– ४ मा पुगेका हुन ।

श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । टस जितेर व्याटिङ रोजेको अफागानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । उसका लागि मोहम्मद नबीले ६० रनको विस्फोटक पारी खेलेका थिए । २२ खेलेका नबीले ३ चौका र ६ छक्का प्रहार गरे । त्यसबाहेक कप्तान रासिद खान र इब्राहिम जादरानले समान २४/२४ रनको योगदान दिए । बलिङमा श्रीलंकाका नुवान तुसाराले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १८ रन मात्रै खर्चेर महत्वपुर्ण ४ विकेट लिएका हुन ।

attariya hospital
navjiwan hospital

१० रनको विजयी लक्ष्यका साथ उत्रिएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । श्रीलंकालाई जिताउन ओपनर ब्याट्सम्यान कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । उनले ५२ बलमा अविजित ७४ रनको पारी खेलेका थिए । त्यसबाहेक कुशल परेराले २८ र कमिन्दु मेन्डिसले अविजित २६ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका ४ खेलाडीले १/१ विकेट लिएका थिए ।

३ म्याच खेलेको श्रीलंका सबैमा जित हासिल गर्दै समुह (बि) को अंकतालिकामा शिर्ष स्थानमा छ । ३ म्यान नै खेलेको बंगलादेश २ जितका साथ दोस्रो स्थानमा छ भने अफगानिस्तान १ जितका साथ तेस्रो स्थानमा छ । यसैगरी हङकङ भने तिनै खेलमा हार बेहोरेर अंक तालिकाको पुछारमा रहेको छ ।

समुह (ए) मा २ म्याच खेलेको भारत दुवैमा जित निकालेर अंक तालिकामा शिर्ष स्थानमा छ । ३ म्याच खेलेको पाकिस्तानले पनि २ जित निकालेको छ । तर रनरेटका आधारमा पाकिस्तान दोस्रो स्थानमा रहेको छ । ३ म्याचमा १ जित निकालेर युएई तेस्रो स्थानमा छ भने २ म्याचमा हार बेहोरेको ओमन अंक विहिन अवस्थामा पुछारमा छ । आज भारत र ओमन बिच प्रतिष्पर्धा हुनेछ ।