खाेज्नुहाेस

डडेल्धुरामा नदी किनारमा महिलाको शव फेला

Image
सांकेतिक फोटो

डडेल्धुरा– डडेल्धुरास्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो ।

navjiwan hospital

सोमबार करिब ३५ वर्षको उमेरकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको प्रारम्भिक अनुसन्धान गरेको छ ।

attariya hospital

शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले बताए । महिलाको पहिचान र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।