खाेज्नुहाेस

डडेलधुरामा चार घण्टाका लागि निषेधाज्ञा आदेश जारी

Image

डडेलधुरा– जेनजी समूहको आन्दोलनपछि लगाइएको कफ्र्युबीच डडेलधुरामा शुक्रबार चार घण्टाका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी कफ्र्यु आदेश जारी भएकोमा अत्यावश्यक गतिविधि सहज बनाउन शुक्रबार बिहान ६ बजेदेखि १० बजेसम्म निषेधाज्ञा खुकुलो पारिएको हो ।

navjiwan hospital

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार अमरगढी–५ को बागबजार, तुफानडाँडा र जिल्ला प्रहरी कार्यालय आसपास, अमरगढी–४ को जिल्ला प्रशासन कार्यालयदेखि टुडिखेल क्षेत्र तथा अमरगढी–८ को कीर्तिपुर क्षेत्रमा कफ्र्यु लागू गरिएको थियो ।

attariya hospital

तर, कफ्र्यु अवधिभित्रै पसल सञ्चालन, उपभोग्य सामान खरिद, यातायात सञ्चालन लगायतका कार्यमा सहजता पु¥याउन चार घण्टाका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार तोकिएको निषेधाज्ञा पछि परिस्थिति अनुसार पुनः कफ्र्यु लगाउने वा नलगाउने निर्णय गरिनेछ ।

उनका अनुसार कफ्र्यु आदेश र निषेधाज्ञा दुवैका क्रममा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न नपाइने व्यवस्था यथावत् रहनेछ । आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।