खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाह केन्द्रिय मन्त्रीहरु संगको भेटघाटमा ब्यस्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको टोलिले बुधबार संघीय तीनजना मन्त्री र एकजना राज्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट गरेको छ । टोलीले बुधबार गृहमन्त्री रमेश लेखक, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपंन्छी बिकास मन्त्री रामनाथ अधिकार, सचिब डा गोबिन्द प्रसाद शर्मा, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक संग छुट्टाछुट्टै भेटघाट गरेको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन २०८२ को तयारीका लागि संघीय राजधानीमा विभिन्न मन्त्रालय, दातृ निकाय, निजि क्षेत्र, ब्यापारी, कुटनैतिक नियोगसंघ छलफल तथा अन्तक्रिर्या गरिरहेको रहेको छ ।

attariya hospital

भेटमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिमको विकासका लागि लगानी तथा विकास सम्मेलनको आयोजना गर्न लागेकोले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । उनले सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेकाले लगानीका लागि सो किसिमको वातावरणमा निर्माण प्रदेश सरकारले गर्ने र लगानीकर्ता समेत लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।

मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि संघ र प्रदेशका बीचका रहेका कानुनी कुराहरुलाई सहमति र छलफलबाट अगाडि बढाउनुपर्ने बताए । भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लगानी क्षेत्रका लागि उत्पादित वस्तु सुनिश्चित गर्न र निर्यात गर्नुपर्नेमा जोड दिए । उनले दातृ निकायहरू मात्र नभएर वैदेशिक इन्डिभिजुअल लगानीकर्ताहरू समेत आकर्षित गर्ने गरि नीति बनाउन र जग्गा व्यवस्थापन गर्न ध्यान दिनुपर्ने बताए । साथै उनले कृषि क्षेत्रका चुनौतीहरुलाई अहिले नै पहिचान गर्न सके नोक्सानी कम गर्न सकिने बताए ।