खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र गभर्नर डा. पौडेलबिच भेटवार्ता

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ ।
बुधबार बालुवाटारमा मुख्यमन्त्री शाह र गर्भनर डा. पौडेलबिच भेटवार्ता भएको हो ।

navjiwan hospital

भेटको क्रममा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको बारेमा दुवैबिच छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

attariya hospital

प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ । सो सम्मेलनका लागि काठमाण्डौमा रहेको मुख्यमन्त्री शाहसहितको सुदूरपश्चिम प्रदेशको टोलीले भेटघाट गर्ने लगायतका कार्यक्रमहरु गरिरहेका छन ।