अत्तरिया– कैलालीको अत्तरियामा अछाम बैजनाथ सेवा समाज कैलालीको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच समाजको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष कर्ण सिँ बोहराको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि समाजका सल्लाहकार संयोजक तथा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए भने विशिष्ठ अतिथिमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य विजय कुँवर र गोदावरी नगरपालिकाकी पुर्व उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।



कार्यक्रममा अध्यक्ष बोहराले समाजको दोस्रो वर्षसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने समाजकी कोषाध्यक्ष पवन रावलले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कोषाध्यक्ष रावलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार समाजले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म २ लाख ४३ हजार ८६८ रुपैया बराबरको कारोबार गरेको छ । जसबाट समाजले सबै खर्च कटाएर ८ हजार २५९ रुपैया बचत गर्न सफल भएको छ । दोस्रो साधारण सभामा विभिन्न प्रस्तावहरु पारित गरिएको थियो ।
कार्यक्रममा समाजका सहयोगी खम्म बुढा, चेत बहादुर रोकाया लगायत समाजमा आवद्ध विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । समाजका उपाध्यक्ष फकिर सिँह बोगटीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समाजका सचिव जीवन शाहले गरेका थिए ।



















