खाेज्नुहाेस

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्वहरू महत्वपूर्ण रहेको बताएका छन् । तीजका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकका मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्व महत्व अधिक रहेको बताए ।

navjiwan hospital

प्रदेश प्रमुख मियाँले भनेका छन्, ‘यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तीज हो ।

attariya hospital

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।’