अत्तरिया– कैलालीको अत्तरियामा तीज विशेष तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ । नेपाल महिला संघ गोदावरी नगरकार्यसमितिको व्यवस्थापनमा नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिलाहरुका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । उनले नेपाली कांग्रेसले प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै आएको बताए ।

उनले दर खाने कार्यक्रमले महिलाहरुलाई एकआपसमा मायाप्रेम साट्ने र रमाईलो गर्ने अवसर पनि प्रदान गर्ने भएकाले प्रत्येक वर्ष तीज विशेष कार्यक्रम आयोजना गरिदै आएको बताए । नेपाल महिला संघ गोदावरी नगरकार्यसमितिकी सभापति लक्ष्मी भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिईन ।
कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री टेक बहादुर रैका, प्रदेश सभा ख का सभापति तथा गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, नेपाली कांग्रेस गोदावरी नगरसभापति विर बहादुर चोखाल लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

















