बाजुरा– बाजुरामा पछिल्लो तीन दिन देखी अवरुद्ध राहदानी सेवा सुचारु भएको छ । यही भदौ २ गतेदेखी अवरुद्ध राहदानी सेवा बिहिबार बाट सुरु भएको हो ।

राहदानी सेवाको सिस्टममा समस्या आएर अवरुद्ध भएको सेवा सुचारु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शितल बहादुर रावलले जानकारी दिए । उनले सिस्टममा आएको समस्या समाधान भएसँगै सेवा पु्नः सुचारु भएको बताए ।

राहदानी सेवा अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँबाट राहदानी लिनका लागि पुगेका सेवाग्राहीहरु मर्काका परेका थिए ।


















