डडेल्धुरा -विद्युतिय अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत डडेल्धुरा दोषी ठहर भएर फरार रहेका जाजरकोट नलगाड नगरपालिका–७ का २७ वर्षीय मदन शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरी टोलीले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–५, बागबजारबाट पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


















