खाेज्नुहाेस

अछाममा बँदेलको आक्रमणमा परेर एक किशोर घाइते

Image

अछाम – अछाममा बँदेलको आक्रमणमा परेर एक किशोर घाइते भएका छन । घर नजिकै बारीमा बाख्रा चराउन गएका साँफेबगर नगरपालिका–१०, घुघुरकोटका १६ वर्षीय शिव महता जंगली बँदेलको आक्रमणबाट घाइते भएका हुन् ।

navjiwan hospital

शिवको दाहिने खुट्टा, बायाँ तिघ्रा, बायाँ हात र अनुहारमा बँदेलको आक्रमणबाट गहिरो घाउ खत लागेको छ ।

attariya hospital

घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । बुधबार दिउँसो १ बजेतिर घरनजिकै बारीमा बाख्रा चराउन गएको समयमा जंगली बँदेलले शिवमाथि आक्रमण गरेको थियो । घाइते शिवको उपचार न्याय हेल्थ अस्पताल बयलपाटामा भइरहेको छ ।