
डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३७ हजार ७ सय ८५ रुपैयाँ र २ सय ८ गड्डी तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















