अत्तरिया- डेउडा प्रतिष्ठान गोदावरी नगर तदर्थ समितिको अध्यक्षमा शेरबहादुर खड्का चयन भएका छन । प्रतिष्ठानको केन्द्रीय कार्यसमितिले आइतवार खड्कालाइ गोदावरी नगर तदर्थ कार्यसमितिको अध्यक्षमा चयन गरेको हो ।

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको स्थानीय पलिका गठन कार्यक्रम अन्तर्गत आईतवार गोदावरीमा भएको भेलाले खडकाको अध्यक्षतामा ११ सदस्यीय गोदावरी नगर तदर्थ समिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा यज्ञराज उपाध्याय, सचिवमा हरि सिंह ठकुल्ला, कोषाध्यक्षमा सावित्री खडका र सह-सचिवमा जमुना खड्का लाई चयन गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छाले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा कृष्णा देवी भण्डारी, शेरबहादुर ऎर, नरुवा दमाई, लालबहादुर भण्डारी, बिष्णु खड्का र पबित्रा बि.क.लाई चयन गरिएको उनले बताए । सो भेलामा संस्कृतिप्रेमी वडा सदस्य जय बहादुर बि.क.का साथै विभिन्न संस्कृति कर्मी हरुको सहभागिता रहेको थियो ।


















