खाेज्नुहाेस

कैलाली कारागारमा कुटाकुट हुँदा एक जनाको मृत्यु 

Image
तस्विर : घाइते कैदिवन्दीको उपचार भइरहेको सेती अस्पताल परिसर

धनगढी – कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती भएको कुटाकुटमा कैदिबन्दी धनगढी उपमहानगरपालिका – ४ का भरत चौधरीको मृत्यु भएको हो ।

कुटाकुटका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए ।

attariya hospital
navjiwan hospital

उक्त कुटाकुटमा ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।  घाइतेको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि बिहिबार पनि कारागारमा कुटाकुट हुँदा ५ जना घाइते भएका थिए भने असार २८ गते भएको कुटाकुटमा कारागारका नाइके खगेन्द्र बोगटी घाइते भएका छन ।