बाजुरा– बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका तीर्थयात्री बिप्लब ओझाको उद्धार हुन सकेका छैन । बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर मृत्यु भएका ओझाको मौसम प्रतिकुलताका कारण उद्दार हुन नसकेको हो ।

पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको हेलिकप्टर मार्फत उद्धार गर्न खोजिएको थियो । तर मौसम प्रतिकुलताका कारण अझै उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिकामा हुने आपत्कालीन उद्धार सेवाका लागि नेपाली सेनाको हेलिकप्टर भने २ दिन देखि सदरमुकाम मार्तडी स्थित ईश्वरी बक्स गुल्ममा तयारी अवस्थामा राखिएको छ ।


गोकणश्वर–५ काठमाडौँका ओझा भिरबाट निकै तल करिब ७ सय मिटर खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए । प्रहरी उद्धारका लागि प्रयास गरिरहेको छ । निकै अफ्ठयारो बाटो र मौसम खराब भएकाले उद्धार हुन नसकेको हवारिको भनाइ छ ।
ओझाको बिहीबार राति नै बडिमालिका दर्शन गरेर फर्केका बेला लडेर मृत्यु भएको थियो । बडिमालिका मन्दिर बाट १ घण्टाको दुरीमा तल झर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सँग परिवारकै ५ जनाको टिम रहेको थियो ।

















