खाेज्नुहाेस

रविन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा स्वागत

Image

काठमाडौं – भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा स्वागत गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई स्वागत गर्दै सम्मान गरेका हुन । सो क्रममा उनले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

navjiwan hospital

देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सकेमात्रै खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्नसक्ने उनले बताए । राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको धारणा राखे ।

attariya hospital

उनले फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय भएको बताए ।