खाेज्नुहाेस

मेल्लेख गाउँपालिका– ५ ले वडाबासीलाई राष्ट्रिय परिचयपत्र बनाउन सहयोग गर्ने

Image

अत्तरिया– अछामको मेल्लेख गाउँपालिका– ५ ले सामाजिक सुरक्षा भत्ता लिने वडाबासीहरुको राष्ट्रिय परिचय पत्र बनाउनका लागि सहयोग गर्ने भएको छ । वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन सहयोग गर्ने भएको हो ।

navjiwan hospital

जिल्लामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सदरमुकाम मंगलसैन जानुपर्छ । मेल्लेख गाउँपालिका– ५ बाट जिल्ला सदरमुकाम पुग्न सवारी साधनबाट झण्डै ४ घण्टा लाग्ने गरेको वडाध्यक्ष प्रकाश बहादुर अधिकारीले बताए । उनका अनुसार परिचय पत्र बनाउनका लागि आउने र जाने खर्च मात्रै १ हजार २ सय जति लाग्ने गर्दछ । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुले परिचय पत्रका लागि मात्रै त्यस्तो रकम तिरेर जान समस्या हुने भएकाले वडा कार्यालयले सहयोग गरिरहेको उनले बताए ।

add everest academy
attariya hospital

उनका अनुसार वडा कार्यालयले त्यस्तो अवस्थाका व्यक्तिहरुलाई निःशूल्क रुपमा जिल्ला सदरमुकाम लगेर उनिहरुको परिचय पत्र बनाईदिने छ । ‘हाम्रो वडाबाट मंगलसैन पुग्न गाडीमा कम्तीमा पनि ४ घण्टा लाग्छ, त्यसमा गाडी भाडा आउन जान गरेर एक जनाको १ हजार २ सय भन्दा बढी लागिहाल्छ’ वडाध्यक्ष अधिकारीले भने ‘सामाजिक सुरक्षा भत्ता पाउने त्यस्ता व्यक्तिहरुले त्यत्रो रकम तिरेर परिचय पत्र बनाउन गाह्रो छ, त्यसैले त्यस्ता व्यक्तिहरुको समस्यालाई मध्यनजर गरी वडाले उनिहरुलाई निःशूल्क रुपमा मंगलसैन पु¥याएर राष्ट्रिय परिचय पत्र बनाईदिने व्यवस्था मिलाउन खोजेको हो ।’ उनले केही समय अघि पनि वडाका करिब ६० जनाको राष्ट्रिय परिचय पत्र बनाईएको बताए ।

उनले अझै पनि वडामा जेष्ठ नागरिक, एकल महिला र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेको भन्ने जानकारीमा आएकाले मंगलबार ५ दिनको सूचना जारी गरेको बताए । उनले त्यस्ता व्यक्तिहरुले वडा कार्यालयमा सम्पर्क राखेर आफ्नो नाम टिपाउन पनि आग्रह गरेका छन ।