खाेज्नुहाेस

डडेल्धुरामा २ करोड ६१ लाखमा निर्मित औद्योगिक ग्रामको भवन प्रयोगविहीन

Image

डडेल्धुरा– डडेल्धुरामा करिब २ करोड ६१ लाखको लागतमा निर्माण गरिएको औद्योगिक ग्राम प्रयोग विहिन बनेको छ । निर्माण सम्पन्न भैसकेपनि सञ्चालनमा नआउँदा उक्त औद्योगिक ग्राम प्रयोग विहिन बनेको हो ।

जिल्लाको अमरगढी नगरपालिका–१ मा निर्माण गरिएको सो भवन प्रयोगमा नआएर हाल अलपत्र अवस्थामा रहेको छ । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा २०७८ कात्तिकमा टेण्डर सम्झौता भई निर्माण सुरु गरिएको भवन २०७८–८१ को अवधिमा निर्माण सम्पन्न भएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ अवधारणाअनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको भएपनि भवन अझै सम्म प्रयोगमा आउन सकेको छैन । पर्याप्त बजेट अभावका कारण उद्योग स्थापनाको काम अघि बढ्न नसकेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

करीब २ करोड ६१ लाख रुपैयाँको लागतमा जोशी–अमृत जेभी निर्माण कम्पनीले भवन निर्माण गरिसकेको छ । तर उद्योग स्थापना नहुँदा परिसरमा झाडी पलाएको छ भने भवनसम्म पुग्ने करिब २०० मिटर कच्ची बाटो वर्षातले भत्किएको छ । भवनअगाडि निर्माण गरिएको पर्खालसमेत चिरिन थालेको छ ।

सरकारको लक्ष्य स्थानीय उत्पादन र रोजगारी प्रवद्र्धन भए पनि औद्योगिक ग्राम सञ्चालनमा नआएपछि सो लक्ष्य अधुरो बनेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने कैलाली–डडेल्धुरा भीमदत्त राजमार्गसँगै जोडिएको यो संरचना समयमै प्रयोगमा ल्याउन सकिएमा स्थानीय रोजगारी र उद्यम प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

attariya technical collage