खाेज्नुहाेस

अत्तरियामा आयोजित ब्याटमिन्टन छनौट प्रतियोगिता सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा आयोजित ब्याटमिन्टन छनौट प्रतियोगिता सम्पन्न भएको छ । नेपाल विद्यूत प्राधिकरणको ४०औ वार्षिकोत्सवको अवसरमा नेपाल विद्यूत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आयोजना गरेको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

यही जेठ १६ गतेदखी सञ्चालन भएको प्रतियोगितामा डबल र सिंगल गरी दुई विद्यामा प्रतिष्पर्धा भएको थियो । डबल विधामा भएको प्रतियोगितामा नेपाल विद्यूत प्राधिकरण धनगढी वितरण केन्द्र भएको छ । आईतबार भएको फाईनल खेलमा नेपाल विद्यूत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयलाई पराजित गर्दै धनगढी वितरण केन्द्रले प्रथम स्थान हासिल गर्न सफल भएको हो । धनगढी वितरण केन्द्रका तर्फबाट दिनेश बिष्ट र धर्मानन्द अवस्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए भने प्रादेशिक कार्यालय अत्तरियाका तर्फबाट सन्तराम थारु र सरोज बोहरा सहभागि थिए ।

add everest academy
attariya hospital
navjiwan hospital

यस्तै प्रतियोगितामा सिंगल तर्फ चमेलिया जलविद्यूत आयोजना केन्द्रका कर्मचारी रोशन कुमार मण्डल प्रथम भएको प्रतियोगिता सञ्चालन समितिका सदस्य सचिव तथा राष्ट्रिय कर्मचारी युनियनका प्रदेश अध्यक्ष तेजेन्द्र बहादुर बिष्टले बताए । उनका अनुसार मण्डलले फाईनलमा नेपाल विद्यूत प्राधिकरण भजनी वितरण केन्द्रका कर्मचारी किरण पाललाई पराजित गरेका हुन । प्रतियोगितामा विजेता बनेका टीम तथा खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

उनका अनुनसार प्रतियोगितामा डबल तर्फ ३२ वटा टीम सहभागी थिए भने सिंगल तर्फ २८ जनाले भाग लिएका थिए । छनौट प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने टीम तथा खेलाडीहरुले काठमाण्डौमा हुने प्रतियोगितामा सहभागि हुने मौका पाएको उनले बताए । ‘यहाँ हाम्रो छनौट प्रतियोगिता मात्रै हो’ उनले भने ‘यहाँबाट विजेता र उपविजेता बनेका टीम र खेलाडीहरु काठमाण्डौमा खेल्न पाउनेछन ।’

उनले सिंगल विधातर्फ पनि प्रथम र द्धितिय भएका खेलाडीहरु काठमाण्डौमा खेल्न जाने बताए । उनले काठमाण्डौमा सात वटै प्रदेशका प्रथम र द्धितिय भएका टीम तथा खेलाडीहरु बिच प्रतिष्पर्धा हुने बताए । ‘काण्डमाण्डौ केन्द्रिय कार्यालयमा सात वटै प्रदेशमा भएको छनौट प्रतियोगितामा विजेता र उपविजेता बनेका डबल र सिंगलतर्फका खेलाडीहरु बिच प्रतिष्पर्धा हुनेछ’ उनले भने ‘त्यसबाट मात्रै विजेता टीम तथा खेलाडीको टुंगो लाग्ने हो ।’

attariya technical collage