अत्तरिया– बाघको आक्रमणबाट अछाममा एक जना घाईते भएका छन । जिल्लाको ढकारी गाउँपालिका– ४ भिमड घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका– १ फलिबिसौना बस्ने ४८ वर्षिय धर्मसिँह थापा बाघको आक्रमणबाट घाईते भएका हुन ।

सोही गाउँपालिका– ४ कैलास पुगेका थापा शनिबार पुख्र्याैली घर हेर्न जाने क्रममा बाघको आक्रमणमा परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पुख्र्याैली घर हेर्न जाने क्रममा थापालाई सोही वडाको बसन्त सामुदायिक वन बोके खोलामा जंगली जनावर बाघले आक्रमण गरी घाईते बनाएको थियो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम मंगलसैनमा ल्याईएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।


















