खाेज्नुहाेस

अछाममा एक वृद्ध मृत अवस्थामा भेटिए

Image
सांकेतिक फोटो

अछाम – अछाममा  एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका जगन्नाथ खनाल बिहीवार साँझ मृत फेला परेका हुन्।

navjiwan hospital

मंगलसेन नगरपालिका–५ बजारमा जितेन्द्र शाहको खाली घरमा एक्लै बस्दै आएका खनाल घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

attariya hospital

प्रहरीका अनुसार दिनभरि मजदुरी गर्ने र घरमा एक्लै बस्ने गरेका थिए। बिहीवार दिनभरि उनी घरबाहिर ननिस्किएपछि स्थानीयले घरभित्र गएर हेर्दा मृत फेला परेका हुन ।