अछाम – अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी पाएकी छन । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा संगिता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।

ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बनेकी छन । आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ९४० अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो ।

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा पाउन सफल ताम्राकार प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आएका छन । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेकी हुन ।

















