अत्तरिया– बाजुरामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका– १ जमसाल बस्ने ६१ वर्षिय मनिचन्द्र खत्रीको भीरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्न टालेबिस्न लेकमा गएका खत्री साँझसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दै जाँदा सोही ठाउँको माङ्लेगौडा भीरमा लडेर घाईते भएको अवस्थामा फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाईते भएका खत्रीलाई उपचारका लागि कोल्टी अस्पताल बाजुरा पु¥याएपनि चिकित्सकले चेकजाँच जर्दा मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
















