बाजुरा— बाजुरामा विद्युत सेवा अवरुद्ध बनेको छ । बुधबार रातीदेखी जिल्ला सदरमुकाम मार्तडी सहित जिलाभरी राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध बनेको हो ।

विद्युत सेवा अवरुद्ध भएपछि सर्वसाधारणसँगै जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा कामकाज तथा सेवा प्रवाह प्रभावित भएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवाका लागि सेवाग्राहीको भीड लागेपनि विद्युत नहुँदा समस्यामा परेको स्थानियले गुनासो गरेका छन् ।

बार्जुगाडमा विद्युत लाइनमा समस्या आएकोले सेवा अवरोध भएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ । अहिले त्यहाँ प्राविधिकहरुको टोली पुगेर मर्मत गर्ने काम भैरहेको केन्द्रले जनाएको छ ।
















