खाेज्नुहाेस

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु

Image

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको छ । मंगलबार भारतीय निर्माण कम्पनीलाई साइट हस्तान्तरणसँगै भौतिक संरचना निर्माण पूर्वको काम सुरु भएको हो ।

सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का भएको कम्ट कन्सट्रक्सनलाई मंगलबार इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कम्ट कन्सट्रक्सनका प्रबन्ध निर्देशक सुनिल शर्मालाई निर्माणस्थल देखाउनुका साथै उक्त क्षेत्र सफा गरिएको थियो ।

attariya hospital
navjiwan hospital

‘औपचारिक रुपमा निर्माणको काम दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेपछि मात्रै सुरु हुनेछ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘अहिले साइट खाली गर्नेदेखि मुढाहरु निकाल्ने र कम्पनीको कार्यालय निर्माण लगायतको काम हुनेछ ।’ उक्त क्षेत्रमा मंगलबारदेखि नै कटान गरिएका रुखका मुढा उखेल्ने र झाडी सफा गर्ने काम सुरु भइसकेको छ ।

अहिले प्रारम्भिक निर्माणको काम भइरहेको छ । घेरबारको काम पनि सुरु भइसकेको छ । अहिले झण्डा गाडेर सुक्खा बन्दरगाह निर्माणस्थलको क्षेत्र छुट्याइएको छ । अबको तीन वर्षभित्र काम सम्पन्न हुने अपेक्षा गरिएको छ । ‘सुक्खा बन्दरगाहबाट मालसामान आयात मात्रै हुने होइन, यो व्यापारिक पूर्वाधार हो, यहाँबाट पनि युरोप, अमेरिकातिर निर्यात गर्न सकिन्छ,’ गजुरेलले भने, ‘अब हामीले पनि निर्यातका लागि उद्योगहरु स्थापना गर्नुपर्छ ।’ उनले दुई दशकदेखि चर्चा चलेको सुक्खा बन्दरगाह निर्माणको चरण अघि बढेकोप्रति आफू निकै उत्साहित भएको बताए ।

सुक्खा बन्दरगाह निर्माणका लागि कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको कन्सट्रक्सनका प्रबन्ध निर्देशक शर्माले बताए ।