
अत्तरिया– कञ्चनपुरबाट अवैध रुपमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले करिब २ लाख ५८ हजार ४९० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाका भीमदत्त नगरपालिका– ११ गड्डाचौकी, दोधारा चाँदनी नगरपालिका– ३ कल्चुघाट र बेलौरी नगरपालिका– २ भैसोरीबाट अवैध सामान बरामद गरिएको छ । कार्यालयका अनुसार बरामद गरिएका सामानहरुमा सेतो, रातो, पहेलो कपडा, धोती, पर्दा, त्रिपाल, हार्डवेयर तथा किराना लगायतका सामानहरु रहेका छन ।


















