कञ्चनपुर– जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म ७० प्रतिशत मुद्धा फछ्र्याैट भएका छन । जिल्ला अदालतमा जिम्मेवारी सरी आएका १ हजार २९ र चालु आवमा दर्ता भएका १ हजार ३२१ मुद्दा गरी २ हजार ३५० मुद्दा दर्ता भएकामा ७० प्रतिशत मुद्धा फछ्र्याैट भएका हुन ।
दर्ता भएका मुद्धामध्ये १ हजार ६४५ मुद्धा फछ्र्याैट गरिएको अदालतले जनाएको छ । जसमध्ये सात सय पाँच मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार ताराप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार, अन्य वर्षको भन्दा चालु आवमा अत्याधिक मुद्दा फछ्र्यौट गरिएका हुन् ।


अघिल्लो आवमा ५३ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए । दुई जना न्यायधीश रहेका जिल्ला अदालतमा न्यायधीश राजेन्द्र सिंह भण्डारीले लक्ष्य भन्दा १५३ बढी मुद्दा फछ्र्यौट गरेका छन । न्यायधीश भण्डारीले गत साउन महिना देखि असार मसान्तसम्म ७४८ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएको थियो । तर उनले लक्ष्यभन्दा १५३ बढी अर्थात ९०१ मुद्दा फछ्र्यौट गरेका छन ।
यस्तै, न्यायधीश अत्मदेव जोशीले लक्ष्यभन्दा तेब्बर कम अर्थात २३७ मुद्दा फछ्र्यौट गरेको अदालतले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । न्यायधीश जोशीले हालसम्म ७५२ मुद्दा फछ्र्यौटको लक्ष्य राखिएकोमा ५१५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको अदालतको २०८२ असार मसान्त सम्मको प्रगति विवरणमा उल्लेख छ । अदालतले चालु आवमा १ हजार ५ सय मुद्दा फछ्र्यौटको लक्ष्य पाएको छ ।
अदालतले दुई वर्ष पुराना मुद्दा शून्यमा झारेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला न्यायधीश जोशीले भने ‘विगतमा फैसलामा ढिलाइ हुनेगरेकोमा सरोकारवाला र कानुन व्यवसायीहरूले छिटो छरितो काम गर्नुपर्ने बाचा गरेबमोजिम चालु आवमा बढी मुद्दा फैसला गर्न सफल छौँ ।’ पुराना मुद्दालाई प्राथमिकता राखेर फछ्र्यौट गरिएको उनले बताए ।

















