खाेज्नुहाेस

बेलौरीमा भारतबाट नेपाल आइरहेका युवक लागू औषध सहित पक्राउ

Image
Photo : AI

अत्तरिया – कञ्चनपुरको बेलौरीमा भारतबाट नेपाल आइरहेका युवक लागू औषध सहित पक्राउ परेका छन् ।

navjiwan hospital

आइतबार राती बेलौरी नगरपालिका – १० सडकघाटमा भारतबाट नेपाल तर्फ आउँदै गरेको सु.प.प्र.०२–००३ प ८४३७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक शुक्लाफाँटा नगरपालिका – २ बन्साहका २९ वर्षीय खगेन्द्र महरा पक्राउ परेका हुन ।

attariya hospital

उनको साथबाट १ दशमलव ०३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खगेन्द्रलाई प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल बीओपी पचुईबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।