अत्तरिया– कञ्चनपुरबाट १ लाख ३७ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । आईतबार कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १ लाख ३७ हजार ५५० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाका भीमदत्त नगरपालिका– ११ भुजेला र बेलौरी नगरपालिका– २ बैजुडाडाबाट थान कपडा, सुटपिस, कुर्ति, चुन्नि, बच्चाको फराक, कस्मेटिक लगायतका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताईएको छ ।

















