कञ्चनपुर – छाउगोठमा सर्पले टोकेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । शुक्रबार राति कृष्णपुर नगरपालिका –१ निगालीमा छाउगोठमा सुत्न गएकी २८ वर्षीय कमला दमाईको मृत्यु भएको हो ।

छाउगोठमा सुत्न गएका बेला सर्पले गालामा टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको उनका श्रीमान पुरन दमाईले बताएका छन् ।

कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए तापनि रुढीवादी परम्पराका कारण उनी छिमेकीको घरछेउमा बनाइएको छाउ गोठमा बस्न बाध्य भएकी थिइन् ।
Update : कमलाको ज्यान गएपछि कृष्णपुरका हाकिमले दिए छाउगोठ भत्काउन आदेश


















