खाेज्नुहाेस

बाजुराको बिच्छ्याका नागरिक एक महिनादेखि फोन सम्पर्कविहीन

Image

बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा रहेको बिच्छ्याका नागरिक एक महिनादेखी फोन सम्पर्कमा आउन सकेका छैनन । गाउँपालिकाको वडा नम्बर २ स्थित कोट गाउँमा रहेको नेपाल टेलिकमको टावर गत जेठ १९ गतेदेखि बिग्रिएपछि सर्वाधिक विकट क्षेत्र मानिने बिच्छ्याका नागरिक सम्पर्कविहीन बनेका हुन् ।

navjiwan hospital

स्थानीय राजबहादुर थापाका अनुसार टावर बिग्रिएपछि वर्षायामका समस्याबारे जानकारी दिनसमेत कठिनाइ भएको छ । २०७५ सालमा स्थापना गरिएको सो टावर ‘टु जी’ प्रविधिमा आधारित छ, जसले घाम लाग्दा मात्र सामान्य फोन सेवा दिने गरेको छ । तर, टावर बिग्रिएको एक महिनाभन्दा बढी भइसक्दा पनि मर्मत नहुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ । बिच्छ्यामा अहिलेसम्म फोरजी सेवा पुगेको छैन ।

attariya hospital

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले नागरिकले भोगिरहेको समस्या समाधानका लागि नेपाल टेलिकम बाजुरासँग समन्वय भइरहेको बताए । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार टावर मर्मतका लागि प्राविधिक टोली खटिसकेको छ । तर, लगातारको खराब मौसमका कारण काममा ढिलाइ भएको र अब केही दिनभित्र सेवा पुनः सुचारु हुने उनले जानकारी दिए । बिच्छ्याका अलावा कवाडी, बाम र गुम्बा गाउँ पनि अझै फोन नेटवर्कको पहुँचबाट टाढा छन् ।