अत्तरिया – कैलाली अत्तरियामा ज्यानमारा बनेका खाल्डामा फेरी एक बालक खसेका छन् । बुधवार बिहान पानीले जलमग्न बनेको अत्तरियाको पहाड रोडको सडकको नालीमा एक स्कुले बालक खसेका हुन ।

पानीले जलमग्न भएर सडक र नाली छुट्याउन नसकेर ती बालक नालामा खसेका थिए । अत्तरियामा ठाउँ ठाउँमा नालाका ढक्कन फुटेर ज्यानमारा खाल्डा बनेका छन् ।
बुधवार नालामा बालक खसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो अत्तरियाका व्यवसायी रवीन्द्र खड्काले खिचेर सामाजिक सञ्जालमा हालेका छन् । नालामा खसेका बालकको पहिचान भने खुलेको छैन ।

यसअघि असार १६ गते अत्तरियाको पूर्व रोडमा पनि साइकल सहित एक बाल नालामा खसेका थिए । पानीले जलमग्न भएर सडक र नाली छुट्याउन नसकेर ती बालक अचानक खाल्डोमा परेका थिए ।
अत्तरिया चोक वरपर नालाको अवस्था जीर्ण छ । नालामा भएका ढक्कन फुटेर ठाउँ ठाउँमा खाल्डा बनेका छन् । उक्त खाल्डा पानी परेपछि जलमग्न हुने गरेकाले दुर्घटनाको जोखिम हुने गरेको छ ।
भिडियो

















