खाेज्नुहाेस

अछाममा पहिरो खस्दा सडक अवरुद्ध

Image

धनगढी– अविरल वर्षाका कारण आएको पहिरोले अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्ड अवरुद्ध बनेको छ । सडकमा शुक्रबार बिहान करिब ७ः०० बजे आएको ठुलो पहिरोले करिब ५० मिटर सडक खण्ड अवरुद्ध भएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सडक माथिबाट सेको पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध बनेको छ । रुख, ढुङ्गा र माटोसहित खसेको पहिरोका कारण सोही ठाउँका अम्मर रावलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको घर समेत उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

attariya hospital

सडक अवरोध हटाउने कार्यमा प्रहरी नायब निरीक्षक गणेश बहादुर चन्दको कमान्डमा तीन जना सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ । हाल सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरीले जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको जनाइएको छ ।