खाेज्नुहाेस

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले भने ‘एक वर्ष पछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

Image

डडेल्धुरा – गृहमन्त्री रमेश लेखकले एक वर्ष पछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धनबाटै देउवा प्रधानमन्त्री बन्ने बताए ।

‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ’ उनले भने ‘८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’

add everest academy
attariya hospital
navjiwan hospital

उनले कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको बताए । उनले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।

‘मान्छेका आ–आफ्नो राजनीतिक उदेश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला’ उनले भने ‘मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो । यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ ।’

उनले सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेको उनको भनाइ छ । सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले भनाइ थियो ।

attariya technical collage