खाेज्नुहाेस

पुर्व राष्ट्रपति भण्डारीद्धारा एमालेमा सक्रिय हुने घोषणा

Image

पुर्व राष्ट्रपति विद्या भण्डारीले एमालेमा सक्रिय हुने घोषणा गरेकी छिन । उनले पार्टीको पुनः सदस्यता लिएको बताउँदै पार्टीमा सक्रिय हुने बताइकी हुन ।

navjiwan hospital

स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन् ।

add everest academy
attariya hospital

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताइन् ।