खाेज्नुहाेस

सुदूरपश्चिमका सचिन र सुशील राष्ट्रिय क्रिकेट टोलीमा समावेश

Image

धनगढी – एसीसी १६ वर्ष मुनिको इस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुदूरपश्चिम प्रदेशका दुई खेलाडी सचिन भट्ट र सुशील रावलको नाम समावेश भएको छ ।

navjiwan hospital

दुवै जना लेग स्पिनर बलर हुन् र उनीहरूले राष्ट्रिय टोलीसँग मिलेर आइतबारदेखि मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

attariya hospital

विपिन प्रसाद शर्माको कप्तानीमा नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विपिनको कप्तानीमा एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।