खाेज्नुहाेस

कैलालीमा अस्फाल्ट प्रविधिबाट राजमार्ग कालोपत्रे गरिँदै

Image

अत्तरिया – कैलालीमा पूर्व पश्चिम राजमार्ग अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरेर स्तरोन्नती गरिँदै छ । अत्तरिया देखि पहलवानपुर खण्ड अन्तरगत अढाई किलोमिटर सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरेर स्तरोन्नती गर्न लागिएको हो । यसअघि खाल्डा भएको ठाउँमा राजमार्ग टालटुल गरिँदै आएकोमा यस पटक पुरानो कालोपत्रे उप्काएर पुरै सडकको चौडाइ अनुसार कालोपत्रे गर्न लागिएको छ । जसअन्तर्गत अत्तरिया बजारको पूर्व रोड, हरैया क्षेत्र, स्याउले र पहलवानपुर क्षेत्रमा अढाई किलोमिटर सडकमा पुरानो कालोपत्रे उप्काएर अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईले बताए ।

उनले अत्तरिया पहलवानपुर सडकको विभिन्न खण्डमा पुरानो कालोपत्रे उप्काएर नयाँ बेस हालेर अस्फाल्ट गरिने बताए । ‘अस्फाल्ट कालोपत्रे एडभान्स टेक्नोलोजीको कालोपत्रे हो । यसमा ४ सेन्टिमिटर बाक्लो कालोपत्रे हालिन्छ’ उनले भने ‘यो कालोपत्रे बढी टिकाउ हुन्छ ।’ अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्दा मोटाइ बढी हुने भएकाले लामो समय टिकाउ हुने बताइन्छ । अस्फाल्ट प्रविधि सडक बलियो बनाउने अहिले सम्मकै राम्रो प्रविधि भएको प्राविधिक बताउन्छन । सडक विभागले पनि पछिल्लो समय दैनिक ३ सय भन्दा बढी सवारी साधन चल्ने सडकमा यही प्रविधिबाट कालोपत्रे गर्ने नीति लिएको छ ।

add everest academy
attariya hospital

अत्तरियामा ४ वर्ष अघि चोकको वरिपरि पनि यसै प्रविधिबाट कालोपत्रे गरिएको थियो । अत्तरियाको पूर्व रोडमा बर्सेनि सडक टालटुल गरिँदै आए पनि फुट्ने गरेको छ । पानीको निकास नहुँदा सडक फुट्ने गरेकाले यसअघि अत्तरिया चोक देखि ट्राफिक प्रहरी कार्यालय सम्म आरसिसी ढलान गरिएको छ भने सो भन्दा अगाडि अहिले सशस्त्र बाहिनी सम्म अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न लागिएको हो ।

navjiwan hospital

सडक कालोपत्रेका लागि जोशी श्रीपुर जेभी सँगै २ करोड ८४ लाखमा ठेक्का सम्झौता गरिएको छ । पुस २५ गते निर्माणका लागि ठेक्का सम्झौता गरिएकोमा असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको इन्जिनियर चौलागाईले बताए ।

attariya technical collage

असारमा काम गर्दा सास्ती

अत्तरिया खण्डमा असार लागेपछि सडक उप्काएर कालोपत्रेको तयारी गरिदा यात्रुले भने सास्ती खेपिरहेका छन । सडक खनेपछि पानी पर्दा सडक हिलाम्मे हुने गरेकाले यात्रुलाई हिँड्न समस्या भएको हो । स्थानीय रोशन विकले सडक मर्मत गर्नु राम्रो काम भए पनि असार अघि गरिएको भए राम्रो हुने बताए । उनले खनिएको सडकमा हिलाम्मे हुँदा हिँडडुल गर्न पनि समस्या भएको बताए । असारमा गरिएको कालोपत्रे कमजोर हुने हो की भन्ने पनि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Karma Consultancy