एकै छिन भए पनि, मान्छे भई हेर,
खुकुरी त धेरै भयौ, अचानो भई हेर ।


मनै खाऊँ मनै लाऊँ, भनी जीवन जिउँदा जिउँदै,
मानिसको परिभाषा, भरिया भई हेर ।
भिस्की सँग तन्दुरीका, मुर्गा धेरै खायौ,


कोरेक्सको बोतल न पाई, मर्ने बालक हेर ।
बासमती र मासको दाल, खाने मान्छे तिमी,

रोपाइँ गर्न कस्तो हुन्छ, हली भई हेर ।
सिरक ओढी पलङ्ग माथि, सुत्ने सुखी मान्छे,
पुसको महिना बोरा ओछ्याई, सुत्ने बुढा हेर ।
– लेखक पुरन सिंह दयाल, संबिधान सभा सदस्य हुन ।