खाेज्नुहाेस

कारागारका कैदीबन्दी मृत्यु प्रकरण : डडेल्धुरामा राजमार्ग अवरुद्ध

Image

डडेल्धुरा – कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको हो । उनीहरुले घटनाको अनुसन्धान गर्नुपर्ने माग गरेका छन ।

navjiwan hospital

कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाई जगदीश रावलले शरीरभर निलडाम भएकाले घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताए ।

add everest academy
attariya hospital

मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन् । कैलाली जिल्ला कारागारमा रहेका रहेका पाली सोमबार एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उनको आधा घण्टामै मृत्यु भएको प्रहरीको भनाइ छ ।

बैंकिङ्ग कसुरमा पालीलाई फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।