अत्तरिया– कैलालीको खानीडाँडामा आयोजित प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । सोमबारदेखी सुरु भएको दुई दिने सो तालिम मंगलबार सम्पन्न भएको हो ।

आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशसँगको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले तालिमको आयोजना गरेको थियो । खेलकुद विधालाई पत्रकारिता मार्फत उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मञ्चका अध्यक्ष प्रदिप पाठकले बताए । तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

दुई दिने तालिममा फुटबल, एथलेटिक्स, भलिवल, क्रिकेट लगायतका खेलमा कसरी समाचार लेख्ने भन्ने विषयमा पत्रकार सिताराम ओझा, हरि प्रसाद जोशी र नवराज पनेरुले प्रशिक्षण दिएका थिए ।
मञ्चका अध्यक्ष पाठकको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य कृत विष्ट, बरिष्ठ पत्रकार दिपक उपाध्याय, लगायतको सहभागिता रहेको थियो ।
















