खाेज्नुहाेस

खानीडाँडामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

Image

अत्तरिया– कैलालीको खानीडाँडामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशसँगको सहकार्यमा खेलकुद पत्रकार मञ्च कैलालीले सोमबारदेखी तालिमको आयोजना गरेको हो ।

navjiwan hospital

सोमबार एक औपचारीक कार्यक्रमका बिच तालिमको समुद्घाटन गरिएको छ । मञ्चका अध्यक्ष प्रदिप पाठकको सभापतित्वमा आयोजित समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव बैकुण्ठराज पराजुली रहेका छन ।

attariya hospital

खेल विधाका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिममा खेल विधामा कलम चलाउने पत्रकारहरुले विभिन्न कुराहरु सिक्न पाउने आयोजकको भनाई छ ।

तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, बरिष्ठ पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी लगायत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।