अत्तरिया– भूमिहिन व्यवस्था तथा भूमिहिन अव्यवस्थीत बसोबास समन्वय विभागले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विभागले शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
विभागका केन्द्रिय सचिव विरेन्द्र बहादुर थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि भूमि आयोगका पुर्व अध्यक्ष केशव निरौला रहेका थिए । कार्यक्रममा आयोगकै वर्तमान केन्द्रिय सदस्य गोर्वद्धन कोली, विभागका केन्द्रिय सदस्य ज्ञान बहादुर शाही, वरिष्ठ अधिवक्ता यादुनाथ खनाल लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा नेपाली कांग्रेसले प्रतिनिधि सभामा पेश गरेको भूमि आयोगको विधेयक संसोधनको विषयमा छलफल भएको विभागका केन्द्रिय सचिव विरेन्द्र बहादुर थापाले बताए । उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुनुका साथै मस्यौदाकार वरिष्ठ अधिवक्ता यादुनाथ खनालले विधेयकको बारेमा जानकारी गराएको समेत बताए ।
उनका अनुसार छलफलमा आगामी बैठक सुदूरपश्चिम सरकार सँग समन्वय गरेर सुदूरपश्चिमै राख्ने निर्णय समेत भएको छ ।
