खाेज्नुहाेस

गौरीगंगामा न्यायिक समितीको काम, कर्तव्य र अधिकार सम्बन्धि गोष्ठी

Image

गौरीगंगा – गौरीगंगा नगरपालिका न्यायीक समिति चौमालाको आयोजनामा न्यायिक समिती तथा मेलमिलापकर्ताहरुको काम, कर्तव्य र अधिकार सम्बन्धि एक दिने गोष्ठी आयोजना गरिएको छ

न्यायीक समिति संयोजक भोज बहादुर बमको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीका प्रमुख अतिथी नगर प्रमुख देबिदत्त कँडेल रहेका थिए । कार्यक्रममा न्यायिक समिति,मेलमिलापकर्ताहरु,भलमान्सा र प्रहरीको उपस्थिति रहेको थियो।

attariya hospital
navjiwan hospital

कार्यक्रममा बोल्दै गौरीगंगा नगर प्रमुख कँडेलले स्थानीय तहमा न्यायिक समिति तथा मेलमिलाप कार्यालय गाउँघरमा न्याय दिने उत्कृष्ट ब्यवस्था रहेको बताए। उनले छिटो छरितो न्याय पाउनका लागि संबिधानले दिएको उक्त ब्यवस्था उपलब्धिमुलक बन्दै गएको बताए।

न्यायीक समिती संयोजक भिज बहादुर बमले न्यायिक समिती र मेलमिलाप केन्द्र माथी जनबिस्वास बढ्ने गरेको बताए। उनले कैलाली जिल्ला अदालतका न्यायाधीशले समय समयमा गौरीगंगा नगरपालिका न्यायिक समितीको अनुगमन गर्दा थप बलियो बन्दै गएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मरान जोशी,नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे),कार्यपालिका सदस्य मदन नेपाली,वडा संयोजक पार्बती बुढाऐर लगायतकाले मन्त्यव्य राखेका थिए ।
आम नागरिकमा सहि समयमा उचित न्याय प्रदान गर्न सरोकारवालाहरुले सहि भुमिका खेल्नुपर्नेमा जोड दिँदै न्यायिक समिती र मेलमिलापकर्ताको काम,कर्तव्य र अधिकार बारे जिल्ला न्यायाधीश दण्डपाणि चालिसे र श्रेतेस्दार चेतराज पन्तले सहजीकरण गरेका थिए ।