खाेज्नुहाेस

बाम्का बजारका आगलागी पीडितका लागि साढे तीन लाख संकलन 

Image

बाजुरा – बाजुरा उद्योग वाणिज्य संघले बाम्का बजारका अग्नीपीडितका लागि सञ्चालन गरेको राहत संकलन अभियानबाट साढे तीन लाख रुपैयाँ संकलन भएको छ । उद्योग वाणिज्य संघले बुधवार एक विज्ञप्ति जारी गर्दै उक्त अभियानमार्फत ३ लाख ५४ हजार एक सय पचास रुपैयाँ संकलन भएको जनाएको छ ।

navjiwan hospital

आगलागीबाट पीडितहरुका लागि संचालन गरेको राहत संकलन अभियानमा उद्योग वाणिज्य संघका कर्मचारी र व्यवसायीबाट सो रकम संकलन भएको उल्लेख गरिएको छ । त्यस्तै उक्त रकम स्थानीय जनप्रतिनिधिमार्फत सम्बन्धित पीडित व्यवसायीहरुलाई उपलब्ध गराइएको बाजुरा उद्योग वाणिज्य संघका महासचिव रमबहादुर शाहीले बताए । त्यस्तै प्रेस विज्ञप्तिमार्फत उद्योग वाणिज्य संघले पीडितका लागि राहत, पुनःस्थापनाको पहलसँगै उक्त अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

add everest academy
attariya hospital

यहीँ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो ।